ताजा अपडेट

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुद्धोधनमा भोटको राजनिति हावी हुदाँ राजपत्रको धज्जी उडाईयो

लुम्बिनी दर्पण २०७८ कार्तिक ११, बिहीबार १५:५३
[sharethis-inline-buttons]
Image XYZ

लुदस,
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा भोटकै लागि नेपाल सरकारले जारी गरेको कानुनकै वर्खिलाप गरिएको छ ।
नेपाल सरकारबाट २०७७ चैत्र २ गते राजपत्र जारी गर्दै पन्जिकरण सम्बन्धी व्याक्तिगत घट्ना दर्तामा ३५ दिन भन्दा ठिला घट्ना दर्ता गर्दा विलम्ब शुल्क जरीवाना लाग्ने र सो कार्यान्वयन गर्नु/ गराउनु भनि परिपत्र गरेको भएतापनी शुद्धोधन गाउँपालिकाको कार्यपालिका वैठकले यसको वर्खिलाप गर्दै कानुनका विरुद्ध निणर्य गरेको छ ।

राजपत्रको खण्ड ७० संख्या ४६ मा नेपाल राजपत्र भाग ३ , २०७७ चैत्र २ गते प्रकाशित नेपाल सरकारको राजपत्र सम्बन्धमा शुद्धोधन गा.पा को मिति २०७८/३/१७ गतेको वैठकले नेपाल सरकारले राजपत्रमा निकालेको भएतापनी हामीले यस पालिकामा उक्त राजपत्रमा प्रकाशित गरेको व्याक्तिगत घट्ना दर्ता लागु नगरि गाउँसभाले निणर्य गरेअनुसार लागु गर्ने कही कतै उजुरबाजुर भएमा सम्पुणर् जिम्मेवारी गाउँपालिकाले लिने भनि सर्वसम्मत निणर्य गरियो भन्दै राजपत्रकै खिल्ली उडाईएको छ । एक वडा अध्यक्षले नाम नबताउने शर्तमा पालिका अध्यक्षले जनतालाई जरिवाना गरे भोट विग्रने भन्दै सवैलाई यसको विरुद्ध निणर्य गर्न भनेपछी आफुहरुले निणर्य गरेको बताए ।

राजपत्रमा जारी भएको विषयमा कहि कतै छलफल गर्न नपाईने निति छ । पालिकाले यसको विरुद्ध निणर्य नै गरेको तथ्य फेला परेको हो । यस विषयमा लुम्बिनी प्रदेश महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता संजिवराज रेग्मीले त्यस्तो मनपरि स्थानिय तहले गरे कतै उजुर भए स्वतह रद्ध हुने बताए ।

राजपत्रको विषय हल्लका लिन नहुने उनले बताए । यता कपिलवस्तु जिल्ला अदालतका श्रेस्तेदार सुमन पाण्डेले संघिय कानुन र स्तानिय तहका कतिपय कानुन बाझिने गरेको र यस्तो कानुन बझिए स्थानिय ऐन रद्ध हुने बताउदै कसैले उजुरी गरे उजुरी लाग्ने बताए । जिल्ला का सवै स्थानियतहमा ऐन नियमावली अनुसार ३५ दिन भित्र निशुल्क र ३५ दिन नाघेमा विलम्व शुल्क लिईदै आईएको छ । यसरी शुद्धोधनले राजपत्रको खिलाप गर्दा एकातिर कानुनी विधि शाशनको उल्लङ्गन् मात्र होईन लाखौ राजश्व समेत गुमेको छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहम्मद खाँले आफुहरु स्थानिय सरकार भएको र स्थानिय नियम लागु गर्ने तर्क गर्दै जनताका लागि सवै छुट गर्ने अधिकार रहेको बताए ।

नेपाल राजपत्र प्रकाशनको प्रक्रिया
नेपाल राजपत्रमा प्रकाशित सामाग्रीहरु नेपाल सरकारका सरोकारवाला मन्त्रालय वा विभागको आधिकारीक प्रमाणिकरण पश्चात् मात्रै गरिन्छ । ऐन अध्यादेश वा सन्धी भए कानून मन्त्रालयको सचिवले, नियम भए सम्वन्धित मन्त्रालयको सचिवले र अन्य सूचना भए जुन मन्त्रालयबाट कार्यान्वयन हुने हो सोहि मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्रांकित द्धितिय श्रेणीको अधिकृतले प्रमाणित गरी प्रकाशनको लागि पठाउनु पर्ने छ । तर यसरी प्रकाशन हुने सबै सूचनाहरु कानुन मन्त्रालयबाट अनिवार्य रुपमा सम्पादन गरिनु पर्दछ ।

यस्तो छ सजायको व्यवस्था


राष्टिय परिचयपत्र तथा पन्जीकरण सम्बन्धी अभिलेख तथा तथ्याङ्क वा भण्डारनमा रहेको कुनै विवरण वा सुचनालाई नष्ट गर्नै हेरफेर गर्न , काम नलाग्ने बनाउने, गलत सुचना निर्माण गर्ने, तथ्याङ्क भण्डारणको विवरण वा सुचना चोरी गर्ने वा नष्ट गर्ने गरेमा पन्जिकरण ऐन वा ऐन अन्र्तरगत बनेको नियम प्रतिकुलको अन्य कुनै कार्य गर्ने गरेमा उपदफा १ को खण्ड क वा ख बमोजिम कसुर गर्ने व्यक्तिलाई क्षेती पुगेको विगो र बिगो बमोजिमको जरिवाना असुल उपर गरि पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच लाख रुपैंयादेखि दश लाख रुपैयासम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।


प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १५:५३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मोहन बस्नेतको सांसद पद निलम्बन
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

भर्खरै

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • मोहन बस्नेतको सांसद पद निलम्बन

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech