लुदअ कात्तिक १२, काठमाण्डौ
मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित सुनुवाइ प्रभावित हुँदा न्यायको हक उल्लङ्घन भएको भन्दै पेसी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारीको माग गर्दै अधिवक्ताले संयुक्त रूपमा सर्वोच्च अदालतमा आज शुक्रवार रिट दर्ता गरेका हुन् । अधिवक्ता कृष्ण प्रसाईँसहितका अधिवक्ताले आज सर्वोच्चमा रिट दर्ता गरी मुद्दा सुनुवाइका लागि परमादेश माग गर्नुभएको छ ।
सर्वोच्चका न्यायाधीशहरूले आज पनि इजलास बहिष्कार गरेका छन् । इजलास बहिष्कारकै विषयमा विवाद हुँदा आज दिउँसो दुई जना अधिवक्ताबीच झगडासमेत भएको छ । इजलास बहिष्कारको विषयमा विवाद हुँदा वकिलद्वय भूमिनन्द चुडाल र विराट न्यौपानेबीच कुटाकुट भएको हो ।


















