
बुटवल, कार्तिक १५
रुपन्देहीमा यस वर्ष तिहारमा देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले धेरै भिड–भाड नगरी सामान्य रुपमा देउसी भैलो खेल्न दिने भएको हो ।
तर, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस बारेमा अहिलेसम्म कुनै औपचारीक निर्णय भने नगरेको बताउको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सामान्य रुपमा धेरै भिडभाड नगरी देउसी–भैलो खेल्न दिने बताएका हुन् ।रातको समयमा भने देउसी भैलो खेल्न पुर्ण रुपमा बन्द गरिने बताएका हुन ।
साथै तिहारमा हुने अवैध बेच्चविखनलाई रोक्न लागि कडाका साथ सुरक्षाको मापदण्डको व्यवस्था मिलाएको पाण्डेले बताए ।