
लुदअ १९ कात्तिक, काठमाडौं
हिन्दू धर्मावलम्बीहरुले तिहार धुमधामले मनाइरहँदा थारु समुदायले पनि यसलाई आफ्नै मौलिक तरीकाले मनाउने गरेका छन् । तराईमा बस्ने थारु समुदायले धनकी देवी लक्ष्मीलाई ‘हुक्के(हुक्का’ खेलेर भित्र्याएपछि भोलिपल्ट बिहानैदेखि घरघरमा चामलको पीठोबाट तिहारको परिकार ‘बगिया’ बनाउने गर्दछन् ।
बगिया तिहारका लागि थारु समुदायको विशेष परिकार हो । बगिया बनाउँदा उनीहरुले कलात्मक तरीकाले विभिन्न आकारमा बनाउने गर्दछन् । सामाजिक रीतिथिति, रहनसहन र बसोबाससँग सम्बन्धित रहेर उनीहरुले बगियाका विभिन्न आकार बनाउने गर्दछन् ।
बगिया खजन चिरै, सखारी(बखारी लगायतका आकृति बनाउने गरिन्छ ।