
तुलसीपुर ,कार्तिक २२
दाङको बबईमा जिप दुर्घटना हुदाँ ११ घाइते भएकाछन भने एक जनाको मृत्यु, भएकको छ । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा उक्त घटना घटेको हो ।
भे १ ज ५२२ नम्बरको जिप दुर्घटनामा परि सल्यान कालीमाटी गाउँपालिका–३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सइ टीका महतरा बताए । जिपका चालक फरार रहेका छन् ।
बबई गाउँपालिका–३ ठाडो खोलामा सोमबार बिहान ९ बजेतिर जिप दुर्घटना भएको र साढे ९ बजेतिर खबर प्राप्त भएसँगै घटनास्थलमा पुगेको महतराले बताए । घाइतेहरूको उद्धारपछि उपचारका लागि तुलसीपुर पठाएको बताइएको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन ।