ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पाल्पालाई ढाकाको ‘हब’ बनाइने

लुम्बिनी दर्पण २०७८ कार्तिक २६, शुक्रबार १५:०७
[sharethis-inline-buttons]
Image XYZ

रामपुर , २६ कार्तिक

पाल्पा ढाका कपडाकै कारण पहिचान बनाएको पाल्पालाई अब ढाकाकै ‘हब’ बनाउन जोड दिइएको छ । पाल्पाली ढाका सङ्घद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रमका सहभागीले पाल्पालाई ढाकाकै माध्यमले चिनाउनुपर्नेमा जोड दिए । देश तथा विदेशमा पाल्पाको ढाका कपडाले आफ्नो पहिचान बनाइसकेको छ । पाल्पाली ढाका सङ्घले ढाकाको ब्राण्ड बजारमा ल्याउने तयारी गरिरहेको छ । बाहिरबाट ल्याएको ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा आउन लागेको सङ्घले जनाएको छ । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले ढाका कपडाको उत्पादनमा वृद्धि गर्न सके यसबाट धेरैले रोजगार पाउने सम्भावना रहेको बताए ।

“ढाका कपडा खरिद गर्नकै निम्ति बाहिरबाट ग्राहक पाल्पा आउने गरेका छन्”, उनले भने, “यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।” ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ नारालाई सार्थक बनाउन पनि ढाका कपडाबाट सघाउ पुग्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशकी कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले महिलाको सीप विकास र उद्यमशीलता विकासका लागी ढाकाबाट सहयोग पुग्ने बताए । श्रम रोजगार तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले आफ्नो मन्त्रालयबाट पाल्पाली ढाकाको विकासका लागि आवश्यक पहल गर्ने आश्वासन दिए । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सीप, श्रम, स्वरोजगार र ब्राण्डिङमार्फत् पाल्पालाई देशकै ढाकाको केन्द्रका रुपमा चिनाउन सहयोग पुग्ने बताए ।

सङ्घकी अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाम बेचेर बाहिरबाट भित्रिएका ढाकाको व्यापार गरेकै कारण स्थानीय ग्राहक मारमा परिरहेको बताईन् । उनी अब ब्राण्डसहितको ढाका बजारमा आएपछि उपभोक्तालाई न्याय मिल्ने बताउँछिन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा निर्यात गरिँदै आएको छ । “ढाका कपडाको व्यापारका नाममा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार आगटेको छ । यसले उपभोक्ता र ढाका व्यापारी मारमा परेका छन्”, महर्जनले भनीन् ।

गुणस्तरीय नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ । पाल्पाली ढाका सङ्घले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । युके एड ९सीप०, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका कपडा अब चाँडै बजारमा आउने भएको छ ।

भारत र चीनबाट आयात गरिएको ढाका कपडाका कारण पाल्पाली ढाका कपडाको व्यापार चौपट भएको छ । “ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा हो भन्ने चिनाउने अभियानमा सञ्चालन गर्नुपर्छ”, पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले भने । उनका अनुसार तीन वर्षे ब्राण्डिङ योजना बनाउनका लागि परियोजनाले इमेज आर्ट संस्था काठमाडौँसँग सम्झौता गरी काम अगाडि बढाएको छ । ढाका कपडा बजारमा छिट्टै पठाइँदैछ ।

उनी भन्छन्, “ब्राण्डिङ गरेको सामान तानसेन र काठमाडौँमा आगामी पुससम्म एकैसाथ ल्याउने तयारी छ, काठमाडौँमा चार तथा पोखरामा एउटा सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने सम्झौता भइसकेको छ ।” ब्राण्ड बनाएर ढाका कपडा बाहिर पठाउनका लागि परियोजनाले निश्चित मापदण्ड तोकेको छ । कारखानाको स्थिति कस्तो छ, कारखानामा सुरक्षा उपकरण छ कि छैन, प्रकाशको व्यवस्था, काम गर्ने मजदूरले सरकारले तोकेको न्यूनतम ज्याला पाए नपाएकोलगायत मापदण्ड तयार पारेको छ ।

सुरुआती चरणमा तानसेन र काठमाडौँमा एकैसाथ ढाका कपडा बिक्री गर्ने तय भएको छ । विस्तारै सबै जिल्ला र अन्तर्राष्ट्रिय बजारमा ढाका पुर्याउने सङ्घको योजना छ । स्वीजरल्याण्डको लेबल स्टेप संस्थासँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको सङ्घले जनाएको छ । हाल यहाँ उत्पादन भएको ढाका कपडा युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ ।

बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले पाल्पाका केही उद्योग बन्द भएका थिए । अहिले ब्राण्डिङमा लैजाने भएपछि उद्योगी पुनः उत्साहित भएका छन् । उद्योग व्यापार फस्टाउने उनीहरुलाई आशा छ । उद्योगलाई स्थापित गराउन, सरकारले तोकेको न्यूनतम ज्याला कामदारलाई उपलब्ध गराउन यसले सहयोग पुग्नेछ । अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पामा करिब ४० को सङ्ख्यामा ढाका कपडाका व्यापारी छन् । दसैँअघि तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा ‘पाल्पाली कोसेली घर’ सञ्चालन गरिएको छ । स्रोत रासस


प्रकाशित : २०७८ कार्तिक २६, शुक्रबार १५:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

राजनैतिक भागवण्डा नमिल्दा त्रिशक्ति सामुदायिक वन समिति विहिन, अखडा बनेको भन्दै स्वतन्त्र समुहको तालाबन्दी

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ, ३ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीमा

जितपुर–नन्दनगर नाली निर्माणमा ठेकेदारको गम्भिर लापरवाही, स्थानीयको गोठमा लेदो पस्यो

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

विद्यालयको जग्गामा टेन्डर गर्दा चलखेल  गरेको  आशङ्का 

लायन्स क्लब अफ बुटवल सेन्ट्रल को अध्यक्षमा बाल्दर

शुद्धोधनमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा हात्ति पाईले रोग विरुद्ध सचेतना

रुपन्देही–५ मा काग्रेस बाट भरत शाह दम्पती नै सिफारिस

प्रदेश स्तरीय साथी सन्जाल गठन कार्यक्रम सम्पन्न

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech