
बुटवल , कार्तिक २७
विद्युत विस्तार तथा संरचना निर्माणमा ऐन,कानून नै बाधक भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुनासो गरेका छन् । हाल कायम रहेका विभिन्न ऐन नियमका कारण काम गर्न समस्या हुनुका साथै लागत समेत वृद्धि हुने गरेको भन्दै उनले यस्तो गुनासो गरेका हुन ।
हालको ऐनअनुसार काम गर्न गार्हो मात्र नभई लागतमा बढी लाग्ने गरेको उनले बताए ।
त्यसैगरी निजी जग्गाहरुमा समेत विभिन्न ठाउँका योजनाहरुमा अदालतबाटै स्टे अर्डर आउँदा काम रोक्नु पर्ने अवस्था आएको पनि बताए ।