
बुटवल, कार्तिक २८
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर बनाउन सञ्चारकर्मीहरुले सामूहिक रुपमा एकैसाथ प्रतिवद्धता जनाएका छन् । तिलोत्तमालाई २०७८ मंसिर २९ गते बालमैत्री नगर घोषणा गर्ने तयारी अन्तरगत आइतबार भएको अन्तरक्रियापछि सञ्चारकर्मीहरुले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गर्दै प्रतिवद्धता व्यक्त गरेका हुन।
तिलोत्तमा नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक सम्पूर्ण सूचकहरुको पालना गर्दै अघि बढ्ने नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताएका छन । आवश्यक सहयोग तथा समन्वयका लागि सञ्चारकर्मीहरुमाझ आग्रह गर्दै उनले व्यवहारिक रुपमै बालमैत्री नगर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी उपाध्यक्ष अमृता अनमोलले बालमैत्री नगर कागजमा मात्रै नभई व्यवहारमा पनि हुनुपर्नेमा जोड दिइन् । यस्तो कार्य गर्यो भनेर बाहिरी जिल्लाको नाम आर्यरहदा अब तिलोत्तमाको नाम पनि बाहिर आउने भन्दै उनले खुसी व्यक्त गरिन । नगरपालिकाले समाचार सम्पे्रषण गर्न नगर बाधन नहोस भन्ने कुरालाई जोड दिनुभयो । पत्रकार तथा सञ्चार क्षेत्रलाई पनि नगरले सहयोग गर्नुपर्ने भन्दै नगर र पत्रकार एकअर्काका आवश्यक र महत्वपर्ण.परिपुरक रहेको औल्याउनुभयो ।
अन्तरक्रियाका सहजकर्ता बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले सबै तिलोत्तमाले बालमैत्री नगर घोषणाको थालनी गरेर सकारात्मक सन्देश दिन थालेको उल्लेख गरे । बालमैत्री नगर घोष्ण गर्न स्थानिय तहमा बाल क्लब समेत स्थापना भइसकेको पनि जानकारी गराउनुभयो । नगरलेपनि नगर स्तरीय बालकोष पाथँ लाख स्थापना समेत गरिसकेको जानकारी गराउनुभयो । बाल अधिकारलाई संविधानको मौलिक हकको भाग ३ समेत उल्लेख भएको भन्दै अब हामी पनि यसमा संवेदनशील भएर लाग्नुपर्ने आवश्यक रहेको समेत बताउनुभयो ।
दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपाल सरकारले आगामी २०८७ सम्म सबै स्थानीय निकायहरुलाई बालमैत्री घोषणा लक्ष्य अनुरुप तिलोत्तमाले रुपन्देहीमा पहिलो र उदाहरणीय कामको थालनी गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले नगरबासी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा कर्मचारीहरुको सामूहिक पहलमा मात्रै तिलोत्तमालाई बालमैत्री नगर बनाउन सम्भव भएको उल्लेख गरे ।
कार्यक्रममा रुपन्देहीका २ दर्जन बढी पत्रकारले तिलोत्तमालाई बालमैत्री बनाउन सहयोग गर्ने र दिगो कायम राख्न भूमिका निर्वाह गर्ने आफ्ना आफ्ना तर्फबाट प्रतिवद्धता गरे।