
काठमाडौं कार्तिक २९
सर्वोच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो ।
आन्दोलित कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको थियो । बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताए घन भने सर्वोच्च गेटबाट चार जना पक्राउ परेका छन् ।