ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

यस्तो थियो पानी नपस्ने विश्वकै पहिलो स्मार्टफोन

लुम्बिनी दर्पण २०७८ कार्तिक २९, सोमबार १५:०८
[sharethis-inline-buttons]

काठमाडौं, कार्तिक २९

तपाईंले प्रयोग गर्ने फोन वाटर रेसिस्टेन्ट छ कि छैन रु अधिकांश फोनहरु अहिले पनि पानीमा भिज्दा बिग्रिने गर्छन् । तर वाटर रेसिस्टेन्स फोन ११ वर्षअघि २०१० मा नै बनिसकेको थियो ।

पानीबाट प्रभावित नहुने मोटोरोला डिफाई फोन मोटोरोला कम्पनीले बनाएको थियो । मोटोरोला डिफाई त्यस बेलाको फोन हो, जतिखेर फोन निर्माता कम्पनीहरुले कुनै ट्रेण्ड फलो गर्नेभन्दा पनि अत्यन्तै आवश्यक वा आधारभूत फिचर राख्ने गर्दथे ।

मोटोरोला डिफाई फोन अहिलेको प्रिमियम मोडल फोन जस्तो थिएन । तर यो फोनले दैनिकी अवरोधहरुलाई भने राम्रोसँग प्रतिरक्षा गर्न सक्दथ्यो । यो फोनको लुक्सको कुरा गर्दा यसमा ८५४ बाई ४८० पिक्सेलको ३।७ इन्चको टीएफटी डिस्प्ले थियो ।

यसको लम्बाई १०७ एमएम र मोटाइ १३ एमएम रहेको थियो । यसको डिस्प्लेमा पनि गोरिल्ला ग्लास कोटिङ रहेको थियो । जसले फोनलाई स्क्रयाचबाट जोगाउने गर्छ ।

पर्फमेन्सको कुरा गर्दा मोटोरोला डिफाई आफ्नो समयको योग्य फोन थियो । यसमा ५१२ एमबीको र्‍याम र ओएमएपी चिपसेट रहेको थियो ।

यसमा गुगलको बुर्जुवा एन्ड्रोइड २।१ अपरेटिङ सिस्टम थियो । यो फोन अहिलेको जस्तो फास्ट त थिएन । तर त्यसबेला युट्युक क्लिप हेर्न र गूगल म्याप हेर्न, वेब ब्राउज गर्नका लागि सजिलै थियो ।

यो फोनको ट्रम्प कार्ड भनेको यसको आईपी ६७ रेटिङ हो । यसको अर्थ यो फोनलाई एक मिटर पानीभित्र आधा घण्टासम्म डुबाएर राख्दा समेत कुनै असर पर्दैन ।

यो रेटिङ प्राप्त गर्न फोनमा केही आश्चर्यजनक व्यवहारिक समाधानका उपायहरु प्रयोग गरिएको थियो । फोनको बडी प्लास्टिकको थियो भने यसको यूएसबी पोर्ट र हेडफोन ज्याकलाई रबर प्लग सहित सिल गरिएको थियो ।

तर यदि फोनको ज्याकमा प्लग फिट भएन भने यसले फोनलाई पानीबाट बचाउन सक्दैनथ्यो । यसकारण यो फुल वाटरप्रुफ भने थिएन ।फोनको सिम स्लट, एसडी कार्ड स्लट र रिमुभेबल ब्याट्रीलाई भने ब्याकप्लेटले सुरक्षित तरिकाले सिल गरेर राखेको थियो । यसमा मोइस्चर र धुलो पनि राम्रोसँग छिर्न सक्दैनथ्यो ।यो फोन साधारण थियो । तर त्यसबेलाका अन्य एन्ड्रोइड डिभाइसले गर्न नसक्ने काम यो फोनले गरेको थियो । यो एउटा रग फोन थियो ।बजारमा यो फोन आइसकेपछि अन्य एन्ड्रोइड फोन म्यानुफ्याक्चर कम्पनीहरुले आफ्नै किसिमका विशेषता सहितका फोनहरु निर्माण गरेका थिए ।सन् २०११ मा सोनी एरिक्सनले एक्सपेरिया एक्टिभ फोन सार्वजनिक गरेको थियो । त्यसै बेला सामसङले पनि एक्स कभर सिरिज सार्वजनिक गरेको थियो ।

तर अन्य कम्पनीलाई मोटोरोलाको जस्तै वाटर रेसिस्टेन्ट फोन ल्याउन भने केही समय लाग्यो । सोनीले एक्सपेरिया जेड सन् २०१३ मा ल्यायो भने सामसङले ग्यालेक्सी एस फाइभ सन् २०१५ मा ल्यायो ।

यस्तै एप्पल र गूगलले पनि क्रमशः आइफोन सेभेन र पिक्सल टुमा क्रमशः २०१६ र २०१७ मा आईपी ६७ रेटिङ पाए । पछिल्लो समय वाटरप्रुफ फोनमा पहिले जस्तो रबर प्लग प्रविधि प्रयोग हुँदैन ।

अहिले यो प्रविधि निकै नै अत्याधुनिक बन्दै गइरहेको छ । अहिले फोनमा प्रयोग हुने आधुनिक ग्लासमा कम्पनीहरुले एडिसियस, इन्टरनल ग्रोमेट्स र कोटिङ प्रयोग गर्छन् । जसले पुरानो कमजोर प्रविधिलाई विस्थापन गरिसकेको छ ।

आजभोलिका सबैजसो फ्ल्यागशिप फोनहरु वाटरप्रुफ हुने गर्दछन् । तर स्मार्टफोनहरुमा भइरहेको नयाँ डिजाइन प्रयोगसँगै वाटरप्रुफ प्रविधि फोनमा ल्याउन कम्पनीहरुका लागि एउटा चुनौतीको विषय बन्दै गइरहेको छ ।

मल्टिपल स्क्रिन, फोल्डिङ बडी र क्रेजी ट्वीस्ट डिजाइन भएका नयाँ फोनहरुको हिङ्ग र फोल्डमा धुलो तथा पानी छिर्न नदिनु कम्पनीहरुका लागि अर्को चुनौती बनेको छ । स्रोत टेकपाना


प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १५:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech