तिलोत्तमा नगरपालिकाले यहि मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । जसअन्तर्गत रहेर आज तिलोत्तमा ७ मा बाल विबाह सम्वन्धि सडक नाटक प्रदर्शन संगै विभिन्न कार्यक्रम गरेर बालमैत्री वडा घोषणा गरेको छ । सेमरा वजार माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाले बालविबाह कानुनी अपराध हो भन्ने शन्देश सहितको नाटक प्रस्तुत गरेका थिए । , तिलोत्तमा ७ का वडा अध्यक्ष दुर्गा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष पाण्डेले बालबालिकाका मौलिक हक अधिकारका विषयमा आएका कुराहरुलाई अक्षरस पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहांले गलत काममा बालबालिकाको प्रयोग गरेको जानकारी भएमा कार्वाहि गरिने समेत बताउनुभयो ।
कार्यक्रममा सेमरा वजार माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षक अगुवा ब्यक्तित्वहरु र अभिभावक लगायतको सहभागिता रहेको थियो । उक्त टोलीले वडा नं ७ कै भलवाडिमा र्याली समेत निकालेको छ । यता वडा नं ले यहि १ गते बालमैत्री वडा घोषणा गर्ने तयारी स्वरुप र्याली निकालेको हो ।




















