मतपरिणाम आउन सुरु : अध्यक्षमा ‌ओलीको अग्रता, ओलीले ४ सय मत ल्याउदा रावलको ४२ मात्र

[sharethis-inline-buttons]

लुदअ १४ मंसिर, काठमाडौं
नेकपा एमालेको अध्यक्ष पदमा केपी ओलीले ठूलो मतान्तरको अग्रता बनाउनुभएको छ । ओलीले ४ सय मत ल्याउँदा प्रतिद्वन्द्वी भीम रावलले ४२ मत प्राप्त प्राप्त गर्नुभएको स्रोतले जनाएको छ ।

एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो । मतदानमा २ हजार १ सय १४ जनाले मतदान गरेका छन् । २ हजार एक सय ५३ मतदातामध्ये ३९ जना अनुपस्थित भएका छन् ।

अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो । उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । जसमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको उम्मेदवारी परेको छ ।

त्यसैगरी ७ सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी छ ।

३ सय १ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्य निर्विरोध भएका छन् भने केही केन्द्रीय सदस्यहरुका लागि मतदान भएको छ ।

 


प्रकाशित : २०७८ मंसिर १४, मंगलवार १४:१६