रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि घोषणा सूचीमा परेको, तर चुनाव लडेर आएका हुन् ।
सात सचिवका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए । लेखराज भट्ट १७०४ मतका साथ पाँचौं र टोपबहादुर १७०० मतका साथ छौटौंमा नम्बरमा रहेर विजयी भए ।
ओलीको टिममा नरहेर उपाध्यक्षको चुनाव लडेका घनश्याम भुसाल तथा सचिवको चुनाव लडेका भीम आचार्य र टंक कार्की दुबै पराजित भएका छन् ।
जबकी पूर्वमाओवादी नेताहरु भएकै पदहरुमा ओलीसँग असन्तुष्ट नेताहरुले उम्मेदवारी दिँदा अनेक अनुमान गरिएको थियो । ‘कतै हामीलाई हराउन लागिएको त होइन ? भन्ने प्रश्न पनि कतिपय माओवादी पृष्ठभूमिका प्रतिनिधिहरुले गरेका थिए ।
तर, परिणाम त्यस्तो भएन । एमालेका वैचारिक नेता तथा पूर्वउपमहासचिव घनश्याम भूसाललाई पराजित गरेर बादल उपाध्यक्ष निर्वाचित भएका छन् । सचिवमा त रघुवीर महासेठभन्दा धेरै मत लेखराज भट्ट र टोपबहादुर रायमाझीले पाएका छन् ।
उत्साहपूर्ण सहभागिता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता भंग भएपछि रामबहादुर थापा बादल नेतृत्वको समूह माओवादी केन्द्रमा फर्किएन । ५ पुसको संसद विघटनसँगै नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका उनीहरुले एमाले नै रोजे ।
२८ फागुन २०७७ मा ओलीले बादलसहित २३ जनालाई एकपक्षीय रुपमा एमाले केन्द्रीय कमिटीमा मनोनित गरे । त्यो दिन भएका सबै निर्णय खारेज गर्नुपर्ने भन्दै माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्यो, तर ओलीले ‘डढेलो लागेको बेला पलाएको पालुवा’ भन्दै उनीहरुलाई संरक्षण गरिरहे । २७ असार २०७८ मा १०बुँदे सहमति हुँदा पनि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई असुरक्षित महसुस हुन दिएनन् । कतिसम्म भने १० बुँदेअनुसार भीम रावलले पाउने पर्ने सूदूरपश्चिम इन्चार्जमा पनि लेखराज भट्टलाई कायमै राखे ।
एमालेले दशौं महाधिवेशन गर्दै गर्दा पूर्व माओवादी पृष्ठभूमिका नेताहरुको माग थियो, तीन पदाधिकारी र केन्द्रीय कमिटीमा सम्मानजनक उपस्थिति हुनुपर्छ ।
नभन्दै ओलीले तीन पदाधिकारी र यसअघि केन्द्रीय सदस्य भएका सबैलाई निरन्तरता दिने प्रस्ताव ल्याए । मतदान हुँदा पनि उनीहरुलाई जिताएका छन् । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु दशौं महाधिवेशनबाट निर्वाचित कमिटीमा आफूहरुको उपस्थितिलाई सम्मानजनक मात्र नभएर उत्साहपूर्ण भएको बताउँछन् ।
केन्द्रीय सदस्य पासाङ शेर्पा भन्छन्, ‘नेकपाबाट एमाले प्रवेश गरेपछि हामी पछुताउने छैन । केन्द्रीय कमिटीका साथै पदाधिकारीमा हाम्रो उपस्थितिलाई उत्साहजनक मानेका छौं ।’
ओलीको दिन खोजेको तीन सन्देश
एमाले नेताहरुका अनुसार आफू निकटहरुलाई रोकेर भएपनि पूर्व माओवादी पृष्ठभूमिका नेताहरुलाई स्पेश दिँएर अध्यक्ष ओलीले मख्यतः तीन सन्देश दिन खोजेको छन् ।
पहिलो : यो पुरानो एमाले होइन, नेकपाकै निरन्तरता हो । पूर्वमाओवादी नेताहरुले पनि आफ्नो कदमको प्रतिरक्षामा यही भाश्यलाई स्थापित गर्ने प्रयास गर्दै आएका थिए ।