ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कुष्ठरोग तथा हाईड्रोसिलका बिरामीको निःशुल्क उपचार, बिरामीद्धारा खुसी व्यक्त

लुम्बिनी दर्पण २०७८ मंसिर १७, शुक्रबार १७:५५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
समाजबाट अपहेलित भईने डरले रोग लुकाउदा अप्रेशन गर्नुपर्ने अवस्थामा आएको कुष्ठरोग भएका व्यक्तिहरुले गुनासो गरेका छन् । द लेप्रोसी मिसन नेपालले विभिन्न संघ संस्थासंग समन्वय गरि सि एण्ड सि अस्पताल चार नम्बर जितपुरमा कुष्ठ रोग भई अपांगता भएका र हाईड्रोसिल भएका विरामीको निःशुल्क अप्रेशन तथा उपचार अभियान अन्तर्गत उपचार पाएका बिरामीहरुले रोग लुकाएर बस्न नहुने बताए ।

अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा विभिन्न सरोकारवालाहरुसंग अन्तरक्रिया गरि सोहि शिविरको समिक्षा तथा समापन गरिएको थियो । हाम्रो प्राथमिकताको आधार, अपांगता भएका व्यक्तिहरुको अधिकार भन्ने मुल नाराका साथ उक्त दिवस अन्राष्ट्रिय रुपमा मनाईएको छ ।

युके आई डि, जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, सि एण्ड सि अस्पताल लगायत विभिन्न संघ संस्थासंग समन्वय गरि द लेप्रोसी मिसन नेपालले घरघरमा गई कुष्ठरोग तथा हाईड्रोसिलका लक्षण देखा परेका व्यक्तिहरुलाई ल्याएर निःशुल्क रुपमा यहि मंसिर १३, १४ र १५ गते उपचार तथा अप्रेशन गरेको थियो । जसमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढिमा बढि रोगीहरु भेटिको तथ्यांकमा उल्लेख छ ।

जसमध्ये हाईड्रोसिल तर्फ १० जनाको १४ अप्रेशन तथा कुष्ठरोग तर्फ १६ जनाको हात र खुट्टाको सफल अप्रेशन गरिएको आनन्दवन अस्पताल काठमाण्डौका बरिष्ठ सर्जन ईन्द्र नापिटले जानकारी दिनुभएको छ । बरिष्ठ सर्जन नापिटका अनुसार देशब्यापि रुपमा कुष्ठरोग तथा हाईड्रोसिल बिरामीको निःशुल्क अप्रेशन गरिएको साथै अन्य देशमा गएर पनि अप्रेशन गरिदैं आईएको छ । सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ दुर्गम स्थानमा रहेका विरामीहरुलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि प्रयासरत रहेको उहाँले बताउनुभयो ।

सुरुमा सानो दाग नचिलाउने, नदुख्ने हुँदा कुष्ठरोग भएको थाहै नपाईने हुँदा यसले छिटो भयावह अवस्था ल्याउने भएकाले नलुकाई उपचारको पहुँचमा जान आवश्यक छ । समाजमा चेतनाको कमी, आर्थिक अवस्था कमजोर, सामाजिक कुरिती, बेवास्ता लगायत विभिन्न कारणले कुष्ठरोग फैलदै गएकाले छिटो भन्दा छिटो उपचार गराई सर्नबाट कम गर्न सकिन्छ ।

कार्यक्रममा यी रोगको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य निर्देशनालय बुटवलका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले स्वास्थ्य जस्तो संवेदनशिल पक्षलाई ध्यानमा राख्नुपर्ने बताउनुभयो । समाजमा विभिन्न कारणले लुकेका र लुकाईएका बिरामीहरुको पहिचान गरि निःशुल्क रुपमा सफल उपचार गरेकोमा सम्पुर्ण स्वास्थ्यकर्मी, सि एण्ड सि अस्पताल, सम्पुर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथि सि एण्ड सि अस्पतालका प्रमुख गोपाल घिमिरेले नाफा भन्दा पनि समाजसेवामा तल्लिन रहेको बताउनुभयो । विरामीहरुका लागि निःशुल्क रुपमा अस्पतालको सेवा प्रदान गर्नुभएका प्रमुख घिमिरेले अस्पतालले यस भन्दा अगाडि पनि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष द लेप्रोसी मिसन नेपालका कन्ट्रि डाईरेक्टर शोभाखर कंडेलले संस्थाले गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिंदै आफुहरुले काम र नतिजामा मात्र विश्वास गर्ने बताउनुभयो । कपिलवस्तु जस्तो हरेक कुराले सुविधा भएको जिल्लामा लुकेर रहेका कुष्ठरोग तथा हाईड्रोसीलका विरामीको संख्या धेरै हुनु दुःखद पक्ष भएको बताए ।

कार्यक्रममा विभिन्न कारणले १५÷१६ बर्ष सम्मा उपचार नपाएको रोगको अहिले निःशुल्क अप्रेशन हुँदा बिरामीहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले आफ्नो अनुभव सुनाउदै सुरुमा खासै चासो नदिएको र पछि यसले भयावह अवस्था निम्त्याउने भन्दै समयमै उपचार गर्न सबैलाई आग्रह गरेका थिए ।

द लेप्रोसी मिसन नेपालका रुपन्देही तथा कपिलवस्तुका डिस्ट्रिक कोर्डिनेटर सुदिप नेपालले सहभागी सरोकारवालका जिज्ञासाको जवाफ दिंदै यी रोगको न्युनिकरणका लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

साथै यो निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कपिलवस्तुका मोमम्मद ईर्फानले जिल्लाका सबै पालिकासंग समन्वय गरेर विरामी खोज्न विशेष सहयोग गर्नुभएको थियो ।

द लेप्रोसी मिसन नेपालका कन्ट्रि डाईरेक्टर शोभाखर कंडेलको अध्यक्षता, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रम द लेप्रोसी मिसन नेपालका रुपन्देही तथा कपिलवस्तुका डिस्ट्रिक कोर्डिनेटर सुदिप नेपालको स्वागत तथा कोपवा स्वास्थ्य चौकीका ईन्चार्ज कृष्ण घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ मंसिर १७, शुक्रबार १७:५५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech