कांग्रसेका १४ औँ महाधिवेशन: लुम्बिनीमा मतदान सकियो

[sharethis-inline-buttons]

लुदअ बुटवल, मंसिर १८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।आज सम्पन्न निर्वाचनमा १ हजार ६ सय ३१ जना प्रतिनिधिले मतदान गरेका छन् । कुल १ हजार ६ सय ७० मतदाता रहेकोमा ३९ जना अनुपस्थित रहेका हुन् ।

कांग्रेसको लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि संस्थापनपक्षबाट भरत शाह र संस्थापनइतर पक्षबाट अमरसिंह पुन प्रतिस्पर्धामा रहेका छन् ।दुवै पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेको हो । मतदान कार्य सकिएकोले केहीबेरमा मुचुल्का उठाएर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर १८, शनिबार १९:१२