‘ए’ डिभिजन लिगमा च्यासल र एनआरटीकाे बराबरी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, काठमाण्डाै

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी)ले १–१ गोलको बराबरी खेलेका छन् ।

४३ औँ मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । तर ७८ औँ मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याए । उनले मैदान प्रवेश गरेर खुट्टामा आएको पहिलो बललाई नै गोलमा परिणत गर्न सफल भए ।

बराबरीसँगै च्यासलको चार अङ्क भएको छ । एनआरटीको दुई अङ्क पुगेको छ । च्यासल र एनआरटीको खेल तनावपूर्ण बनेको थियो । पटक–पटक दुवै टोलीका खेलाडीले एक आपसमा झगडा गरेका थिए ।

 


प्रकाशित : २०७८ मंसिर १८, शनिबार १९:३३