नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्राेन’

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ काठमाण्डौ, मंसिर २०

नेपालमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’का सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणकाे पुष्टि भएकाे जनाएकाे हाे।

गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।

 


प्रकाशित : २०७८ मंसिर २०, सोमबार १५:४५