
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ ।काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पनि पुग्नुभएको छ । ा महाधिवेशनको उद्घाटन गर्नुभएको छ । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन सुरु गरेकोे हो । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरुसँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका पाहुनाले पनि सम्बोधन गर्नुहुनेछ