
मंसिर २४ ।
देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ । यसले गर्दा दिउँसोको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ । बिहान हुस्सु कुहिरो लाग्ने हुँदा पनि धेरै चिसो महसुस हुन थालेको छ । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन पनि मौसम सफा नै रहने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।