
पाल्पाको पुर्वखोला गाउँपालिका द्धारा वडा वडामा एकिकृत घुम्तिी शिविर संचालन ।
पाल्पा २५ मंसिर
नागरिकहरु लाई घर घर वडा वडा सेवा सुविधा प्रदान गर्न पुर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्ति शिविर संचालन गरेको छ । जनप्रतिनिधी तथा प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा पुर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्तिी शिविर संचालन गरी जनताको काम घरदैलोमा अभियान शुरु गरेको हो ।
गाउँपालिकाले वडा वडामा पुगेर व्यवसाय दर्ता, स्वास्थ्य शिविर, कृषि तथा पशु सेवा शिविर, महिंला हिंसा न्युनिकरण अभियान, अपाङ्ग परिचयपत्र वितरण, स्वास्थ्य शिविर, योजना सम्झौता तथा भईपरि आएका नागरिक समस्याहरु एउटै थलो बाट सम्वोधन गर्ने गरी एकिकृत घुम्ति शिविर संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताए ।
कोभिड १९ को सक्रमण संगै जनता लाई पालिकाको केन्द्र सम्म पुग्न समेत कठिन भईरहेको समयमा पालिकाले प्रदान गर्ने सबै कसिमका सेवा सुविधा सहित वडा वडामा पुगेर घुम्ति शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताए ।
वडा वडामा सेवा लिनेको भिडभाड नै भयो, नागरिक राखेका गुनासाहरु अधिकाशं सोही स्थानमै सम्वोधन गरेको, वडामा सम्वोधन नभएका गुनासा, सुझाव तथा उजुरीहरु पालिकाबाट सम्वोधन गर्ने गरी टिपोट गरी ल्याएको प्रमुख प्रशासकिय अधिकृत पनेरुले बताए । नागरिकहरुले गरेका माग, सुझाव तथा गुनासाहरु केही कार्यपालिकाको बोड बैठक बाट केही गाउँ परिषद बाट सम्वोधन गरिने गाउँपालिका अध्यक्ष थापाले बताए ।
वडा वडा बाट भएको एकिकृत घुम्ती शिविरले घरदैलोमा व्यबसाय दर्ता तथा नविकरण गर्न पाएको, खेतीपाती तथा पशुपालनको विषयमा जानकारी लिएको, पालिकाले कृषि तथा पशुपालनमा प्रदान गर्ने अनुदान तथा सहुलियतका बारेमा जानकारी पाएको जल्पाकी रुमी सारुले बताईन । एकिकृत घुम्तिी शिविरमा लैङ्गिक हिंसाको जानकारी दिएका छौ, परिवार, समाजमा घर घरमा भएका महिला हिंसा बारे सचेतना, कानुनी उपचार, कानुनी सेवा पालिका बाट हुने सम्वोधन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्दै पालिकाकी उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताईन ।
पालिकाले एकिकृत घुम्ति शिविर बाट वडा नंं १ सिलुवामा २५ जना लाई, वडा नंं २ जल्पामा १० जना लाई, वडा नंं ३ रिङनेरहमा ८ जनालाई, वडा नंं ४ देवीनगरमा २१ जना लाई, वडा नंं ५ विरकोटमा १३ जना लाई र वडा नंं हेकलाङमा ११ जना लाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ । पालिकाले घुम्ति शिविर मार्फत ९१ वटा व्यबसाय दर्ता तथा नविकरण गरेको सूचना अधिकारी मोहन ढकालले बताए । एकिकृत घुम्ति सेवा लाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

