
मंसिर २७, तिलोत्तमा
तिलोत्तमा नगरपालिकाले यहि मंसिर २९ गते बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी अन्तर्गत आज तिलोत्तमा वडा नं ९ को वडा कार्यालयमा बालबालिका निकृष्ट, बालश्रममुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ९ का कार्यवाहक वडा अध्यक्ष मिस्सु शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयका प्र अ डोलराज पाण्डे, फोकल पर्सन वडा सदस्य अरुणा राना, विद्यालय व्यवस्थापन समिती सदस्य विष्णु पाण्डे, गौतमबुद्ध माविका प्रचार्य मृगेन्द्र रिजाल, शंकर भुषाल, धु्रव न्यौपानेलगायतले शुभकामना मन्तव्य राख्दै बालमैत्री वडा घोषणा गर्न आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिबद्धता जनाएका थिए । वडा सचिव कृष्ण भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा सिर्जनशिल संस्था नेपाल, श्री विश्व शान्ति सामुदायिक विद्यालय र गौतमबुद्ध माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिहरुले बालमैत्री घरपरिवारबाटै सुरु गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यस्तै तिलोत्तमा नगरपालिका वडा नं ५ ले पनि वालविबाह निकृष्ट ,वालश्रम मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोह सम्पन्न गरेको छ । तिलोत्तमा ५ का वडा अध्यक्ष चेतनारायण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले तिलोत्तमा नगरपालिकाले चलाएको अभियानअन्तर्गत बालमैत्री वडा घोषणा गरीएको बताउंदै आजका बालबालिकाले नै भोली देशको विकासमा अग्रणी भुमिका खेल्ने भएकोले बालबालिकाका आवाजलाई अगाडि सार्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका वडा नं ५ का शाखा अध्यक्ष कृष्ण प्रसाद भट्राई,नेकपा माओवादि केन्द्रका डाईमण्ड गिरी,नेपाली कांग्रेशका वडा प्रतिनिधि मिन प्रसाद अधिकारी,तिलोत्तमा चेम्वर अफ कमर्शका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे,तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोती प्रसाद पौडेल लगायतले बोल्नुभएको कार्यक्रममा नगर कार्यपालिका सदस्य गायत्री पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो भने वडा सचिव टिकाराम आचार्यले कार्यक्रमको संचालन गर्नुभएको थियो ।।