
२७ मंसिर २०७८
सिद्घार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म रातिमा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले आज एक सूचना जारी गरी मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म सडक बन्द हुने जनाएको छ । सडक चौडा बनाउन पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सिद्घार्थ राजमार्गको बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ ।