
मंसिर २८,
तिलोत्तमा नगरपालिकाले भोलीका लागि सार्वजनिक बिदा दिएको छ । नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले भोली एक दिनका लागि सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, स्वास्थ्य संघसंस्था, सम्पूर्ण सामुदायिक तथा संंस्थागत विद्यालय, क्याम्पस लगायतका सरकारी÷सामुदायिक संघ संस्थाहरुसमेत बन्द रहने जनाउँदै नगरपालिकाले सूचनामा बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा सम्बद्ध सबैलाई कार्यलय परिसरमा उपस्थितिका लागि अनुरोध समेत गरेकोे छ ।