
हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटिले वडा कमिटि गठनलाई अन्तिम चरणमा पु¥याएको छ । संघको नगर अधिवेशन पश्चात् वाणगंगा नगरपालिकामा संगठन विस्तार तिव्र रुपमा अघि बढेको छ । केही समयअघि नगरले नयाँ नेतृत्व चयन गरेसंगै राष्ट्रिय युवा संघ नेपाल संगठन विस्तारमा जुटेको हो । केन्द्रिय सदस्य समेत रहेका वाणगंगा नगर कमिटि अध्यक्ष कमल क्षेत्रीको नेतृत्वको नयाँ टिम आएसंगै वडा कमिटि विस्तार तिव्र रुपमा भइरहेको छ ।
सोहि क्रममा बाणगंगा नगरपालिका वडा नं. ११ मा पनि वडा कमिटि गरिएको छ । नगर कमिटिद्धारा आयोजित युवा भेला तथा अधिवेशनबाट पुष्पमणी ज्ञवालीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा सरिता उपाध्याय पोख्रेल, सचिवमा योगेश पाठक, सह–सचिवमा सन्तोष नेपाल, अंकिता शर्मा चयन हुनुभएको छ । नव निर्वाचित कमिटीलाई प्रमुख अतिथी नेकपा एमाले प्रदेश सचिवालय सदस्य डम्मर शर्माले सपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टी प्रदेश सचिवालय सदस्य डम्मर शर्माले एमाले पार्टी सबैको साझा पार्टी भएको बताउनुभयो । उहाँले अब युवाहरु संगठित उत्पादन कार्यमा जोडिएर पार्टीलाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा नगर कमिटि कमल क्षेत्रीले जिल्लाका १० वटै स्थानीय तहभन्दा बाणगंगा नगर कमिटि तदारुकताका साथ लागि परेको बताउनुभयो । उहाँले पार्टीलाई मजबुद, बलियो र सबल बनाई संमृद्ध समाज निर्माणका लागि युवासंघको अहम भुमिका रहने समेत बताउनुभयो ।
पार्टी वडा कमिटी उपाध्यक्ष तारावन्ती कुमारी चौधरीको अध्यक्षता, पार्टी वडा कमिटी अध्यक्ष चेतनारायण ढकालले स्वागत एवं उदेश्यमाथी प्रकाश पार्नुभएको कार्यक्रम नगर कमिटी सदस्य तथा वडा इन्चार्ज गणेश अधिकारीको संचालनमा सम्पन्न भएको हो । पार्टीको तर्फबाट युवा जिल्ला सह ईन्चनर्ज समेत रहनुभएका क्षेत्रीले युवालाई जहाँ जे समस्या पर्छ पार्टीसंग समन्वय गरि त्यो समस्या समाधान गर्न आफू सदैव तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैविच अखिल नेपाल महिला सघंको पनि वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भगवती पाठकको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा विजया रिजाल खनाल, सचिवमा पार्वती तिमिल्सीना, कोषाध्यक्षमा विमला पोख्रेल, सहसचिवमा विष्णु कुमारी गाहा मगर रहनुभएको छ । नव निर्वाचित कमिटीलाई वडा इन्चार्ज यमकुमारी गाहाले सपथ ग्रहण गराउनुभएको थियो ।