
तिलोत्तमा ५,
नगरपालिका स्तरीय किशोर–किशोरी स्वास्थ्य प्राथमिकिकरण कार्यक्रम आजबाट तिलोत्तमा सुरु भएको छ । आहा परियोजनाको आयोजना, नेपाल परिवार नियोजन संघ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा नगरपालिका स्तरीय दुई दिने प्राथमिकीकरण कार्यक्रम शुरु भएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले किशोरकिशोरीका समस्याहरु प्रति नगरपालिका सेचत रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम बनाउँदा किशोरकिसोरीलाई प्राथमिकतामा राख्ने गरेको स्मरण गर्नुभयो । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीको संयोजनमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य अधिकृत मोतीप्रसाद पौडेल, कार्यक्रममा महिला तथा बालबालिका शाखाका संझना भण्डारी, शिक्षा शाखाका सहायक प्रविधिक रमा ज्ञवाली लगायतले बोल्नुभएको थियो । डा. लक्ष्मीराज जोशी र प्रगती जोशीले शहजीकरण गर्नुभएको कार्यक्रममा नगरपालिका भित्रका शिक्षा, स्वास्थ्य र बालक्लव आवद्ध संघ संस्थाहरुको सहभागिता रहेको थियो । स्थानीय तहमा किशोरकिशोरीहरुको स्वास्थ्य अवस्था, मुख्य समस्या र स्थानिय तहबाट किशोरकिशोरीको आवश्यकतालाई निति निर्माण तहसम्म पुर्याउन आगामी कार्ययोजनाका बारेमा छलफल केन्द्रत भएको थियो ।