
हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तु संगठन विस्तारमा लागेको छ । सोहि क्रममा महाराजगंज नगरपालिका स्थित फलाहरीबाबा बहुमुखी क्याम्पसमा क्याम्पस कमिटि गठन गरिएको छ । सञ्जय कुमार यादवको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटि गठन गरिएको हो ।
जसको उपाध्यक्षमा अवधेश ठाकुर, सचिवमा उपेन्द्र मिश्र, सह सचिवमा पुनिता चौधरी, दुर्गा देवी गुप्ता, असरत खाँन कोषाध्यक्षमा रामदेव कुर्मी लगायत अन्य सदस्य रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय कमिटि राष्ट्रिय परिषद सदस्य अन्जित खनालले सम्पुर्ण विद्यार्थी संगठित भई अनेरास्ववियुलाई बलियो बनाएमा पार्टी पनि मजबुत हुने बताउनुभयो । उहाँले सम्पुर्ण विद्यार्थीहरुको साझा संगठन अनेरास्ववियु भएकाले जोडिन सम्पुर्णलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा अभिषेकमणी यादवको अध्यक्षता, अनेरास्ववियु केन्द्रिय कमिटि राष्ट्रिय परिषद सदस्य रतन विकको विशिष्ट आतिथ्यता, युवासंघ नगर कमिटि अध्यक्ष दिपक द्धिवेदी लगायतको आतिथ्यता रहेको थियो नगर उपाध्यक्ष अतहर खाँनको सञ्चालनमा सम्पन्न भएको थियो ।