ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चिसोमा ३ सय १ बृद्धबृद्धालाई न्यानो कपडा (ज्याकेट) बांड्दै वडाध्यक्ष गिरी, ज्येष्ठ नागरिक खुसी

लुम्बिनी दर्पण २०७८ पुष ७, बुधबार २०:४९
[sharethis-inline-buttons]
हरि आचार्य, कपिलवस्तु
लगातार ४ बर्ष सम्म नगरपालिकामै बिकास निर्माणका योजना सञ्चालन गर्न उत्कृष्ट कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले अर्को उदाहरणिय कार्य गरेको छ । चिसो बढेसंगै ज्येष्ठ नागरिकहरुको आवश्यकतालाई मध्यनजर गर्दै वडाका ३ सय १ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । आर्थिक बर्ष २०७८/७९ को स्वीकृत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडाका ७० बर्ष माथिका ३ सय १ जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा ज्याकेट (हुड) प्रदान गरिएको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो ।
 
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले ज्येष्ठ नागरिक अनुभवका सम्पत्ति रहेको बताउनुभएको छ । सांसद पन्थीले ज्येष्ठ नागरिकसंग भएको ज्ञान सिप देशको सम्पत्ति र गहना भएको बताउनुभएको हो । उहाँले ज्येष्ठ नागरिकलाई एमाले नेतृत्वको सरकारले पालनपोषण देखी स्याहारसुसारका लागि बिभिन्न कार्यक्रमहरु ल्याएको जानकारी गराउनुभयो । उहाँले मुलकमा रहेका सबै बर्गको हितका लागि उनीहरुलाई आवश्यक पर्ने खालका कार्यक्रम मात्र एमालेको सरकारले ल्याएको स्पष्ट पार्नुभयो ।
फरक प्रंसगमा बोल्दै सांसद पन्थीले बर्तमान प्रदेश सरकारले मन्त्री पाल्ने काम मात्र गरेको बताउनुभयो । भागवण्डाका लागि मन्त्रालय र मन्त्री थपिरहेको र बिकासका लागि छुट्याएको बजेट मन्त्रीको तलबमा मात्र धेरै खर्च भईरहेको उहाको भनाई छ ।
 
यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले ज्येष्ठ नागरिक सम्मानका लागि बाणगंगा नगरपालिकाको वडा नं. ७ ले सुरुवात देखिनै बिभिन्न रचनात्मक कामहरु शुरुका बर्षदेखी गर्दै आएको बताउनुभयो । बाणगंगमा बिकास निर्माणको गतिले तिब्रता लिईरहेको बताउँदै सबै क्षेत्रको बिकासमा फड्को मारेको जानकारी गराउनुभयो ।
यसैगरि कार्यक्रमका अध्यक्ष वडा नं ७ का वडा अध्यक्ष बिष्णु गिरीले आफूहरु निर्वाचित भएर वडामा आएदेखी लक्षित बर्ग र बिकास निर्माणमा भएका प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले भौतिक विकास निर्माणले वडा समृद्ध नहुने भन्दै लक्षित वर्गका कार्यक्रम योजना समाज रुपान्तरण तर्फ वडाले निरन्तर ध्यान दिईरहेको बताउनुभयो ।
वडा भित्रका ३ सय १ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न पाउँदा आफुलाई गर्व महशुस भएको बताउनुभयो । उहाँले विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति, अपांगता भएका व्यक्ति, महिला, बृद्धबृद्धा लगायत सबै वर्गलाई समावेश गरि वडाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । वडाध्यक्ष गिरीले कुनै पनि पुर्वाग्राही नराखी जनताको सेवकको रुपमा लागेको बताउनुभयो ।
यता चिसो बढ्दै गईरहेको बेला वडाले समयमै न्यानो कपडा दिँदा ज्येष्ठ नागरिक निकै खुसी देखिन्थ्ये । हरेक बर्ष जस्तै यसपालि पनि जुटाएर आफुहरुलाई वडाले सम्मान गरेमा खुसी ब्यक्त गरेका छन ।
वडाध्यक्ष गिरीको अध्यक्षता, कार्यपालिका सदस्य शाबित्री थारुको स्वागत मन्तब्य, तत्कालिन मोतिपुर गाबिका अध्यक्ष समाजसेवी नेत्र गिरी, वडा सदस्य मुम बहादुर पाण्डे, कमला बिक, टोल बिकास संस्थाका पदाधिकारी, पत्रकार लगाएतको आतिथ्यता रहेको कार्यक्रम वडा सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २०७८ पुष ७, बुधबार २०:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech