प्रकाश गौतम
पुस १०
रुपन्देही खानेपानी संस्था कर्मचारी समितिले आज एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
रुपन्देहीको देवदहमा रहेको देवदह पार्कमा वनभोज सहित आयोजित कार्यक्रममा रुपन्देही खानेपानी डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोख्रेललाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै रुपन्देही खानेपानी डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोख्रेलले खानेपानी सस्थाहरुले स्वच्छ , सफा खानेपानी उपलब्ध गराउनु नै अहिलेको मुख्य आवस्यकता रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै आनन्दवन शंकरनगर खानेपानी तथा सरसफाइ समीतीका अध्यक्ष केशवराज न्यौपानेले कर्मचारी समितिले स्थापना काल देखी नै सामाजिक काम गरेको भन्दै आबस्यक सहयोग गर्ने दाबि गर्नु भयो ।
खानेपानी महासघं रुपन्देहीका अध्यक्ष ध्रुर्ब कुमार धितालले रुपन्देहीमा सबैको घरमा खानेपानी पु¥याउने गरि काम भैरहेको बताउदै कर्मचारीहरुले स्थापना गरेको संस्थाले सामाजिक काम तर्फ कार्य गर्न सुरु गरेको भन्दै खुसी ब्यक्त गर्नु भयो ।
करहिया मक्रहर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यज्ञ गैरे र मुर्गीया खानेपानीका शालिकराम भन्डारीले खानेपानी कर्मचारीको हकहितका लागी स्थापना गरेको सस्थाले सामाजिक काममा समेत हात बढाउदै गएको भन्दै संस्थाको सामाजिक यात्रालाई धन्यवाद दिनुभयो ।
रुपन्देही खानेपानी संस्था कर्मचारी समितिका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता , मुर्गीया खानेपानीका दिनेश आर्चायको स्वागत र करहिया मक्रहर खानेपानीकी दिपा न्यौपानेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



















