
लुदअ, कपिलवस्तु
पुर्व पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ दरखास्तमा सवारी दुर्घटना हुदा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृत्यु भएको छ । कारमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन ।
कारमा सवार रहेका पाण्डेको बुटवलमा उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । पाण्डे कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष समेत रहेका थिए भने शाइन रेसुंगा बैकं जितपुर शाखाको प्रमुख हुनुहन्थ्यो ।
बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको र कार बससगं ठोकीन गएको हो । कारमा सवारमा अन्य २ जना सुदिप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको छ उनिहरुको अहिले उपचार हुदै छ ।