
हरि आचार्य, कपिलवस्तु
नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको संयोजकको जिम्मेवारी दयाराम पौडेलले पाएका छन् । पुर्व संयोजक बाबुराम अर्याल केन्द्रिय सदस्य भएसंगै सह संयोजक रहेका पौडेले जिल्ला संयोजक भएका छन् ।
अनेरास्ववियुको केन्द्रिय कमिटिको बैठकले केन्द्रिय माथिल्लो कमिटि भएको व्यक्तिको तल्लो कमिटिको पद स्वतः बदर हुने सर्कुलर अनुसार पौडेललाई जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी प्रदान हो ।
कपिलवस्तुको बाणगंगा ८ मधुवन निवासी पौडेल बाणगंगा बहुमुखी क्याम्पसबाट बिद्यार्थी राजनिति सुरु गरेका १ दशक बढी सक्रिय रुपमा विद्यार्थी राजनिति गर्दै आएका छन् ।
जिल्ला संयोजकको जिम्मेवारी पाएसंगै पौडेलले संगठनलाई सशक्त र मजबुत बनाउनमा आफ्नो विशेष भुमिका रहने बताए । उनले सबैको सल्लाह र सुझाव अनुसार संगठनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त समेत गरे ।