ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले सम्झिएर रोइन् मन्त्री झाँक्री: भनिन्- ‘दुःखले निर्माण गरेको घरमा बस्न पाइएन’

लुम्बिनी दर्पण २०७८ पुष १६, शुक्रबार २०:४०
[sharethis-inline-buttons]

लुदअ, गुल्मी

शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन्  । एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की भवन छ ।

त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’

‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्,’ मन्त्री झाँक्रीले गहभरि आँशु झार्दै भनिन् ।

शहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफूले दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण नभएको बताएकी छन् ।

झाँक्रीले शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा एकीकृत समाजवादी पार्टीको कार्यालय उद्घाटन गर्दै विगतमा आफूहरूले मेहनतका साथ धेरै घर निर्माण गरेको भए पनि ती घरमा बस्ने वातावरण नहुँदा नयाँ घर निर्माण गरेको बताइन् । उनले नेकपा एमालेलाई लक्षित गर्दै ‘पुरानो घर’को संज्ञा दिएकी थिइन् । र ‘नयाँ घर’को रुपमा नेकपा एकीकृत समाजवादीलाई अर्थ्याएकी थिइन् ।

उनले भनिन, ‘थुप्रै घर निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो तर जिन्दगीका महत्वपूर्ण समय त्यही घर पार्टीमा योगदान गर्‍यौं, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियन्ता पनि बन्यौं ।’

झाँक्रीले गुल्मीको नेकपा एमालेको पार्टी कार्यालय नजिकै नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय स्थापना गर्दै विगतमा धेरै संघर्षका बाबजुद पक्की घर बनाउन सफल भएको बताइन् । उनले मेहनतले बनाएको त्यही घरबाट अलग भएको भन्दै कठिन यात्रा तय गरेको बताइन् ।

झाँक्रीले भनिन्, ‘धेरै मेहनत गरेका थियौं त्यो घर बनाउन । तर त्यही घर पार्टीबाट अलग भयौं, यात्रा कठिन छ, कठिन भए पनि यात्रा सम्भव छ ।’

भाडाको घरमा पार्टी कार्यालय स्थापना गर्दै मन्त्री झाँक्रीले जिन्दगीका अनगिन्ती राजनीतिक अफ्ठयारा सम्झेर गहभरी आँशु झार्दै भनिन्, ‘धेरै मान्छेले हामीलाई सोधेका छन् पार्टी कसरी निर्माण गर्छौ ? राजनीतिक यात्रा कसरी अगाडी बढछ ? तर आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ ।’

उनले वर्तमान गठबन्धन भत्काउन नेकपा एमाले सक्रिय रहेको भन्दै कुनै पनि हालतमा गठबन्धन नटुट्ने बताइन् । झाँक्रीले एमालेको चरित्रकै कारण आवश्यकताका आधारमा गठबन्धन बनेको बताइन् ।

जनताको समस्या समाधान गर्ने एकमात्र थलोको रुपमा रहेको व्यवस्थापिका संसद्‍लाई नेकपा एमालेले बन्धक बनाउन नहुने पनि उनको भनाइ थियो । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिँदै नागरिकलाई दुःख दिने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गरेकी छन् ।


प्रकाशित : २०७८ पुष १६, शुक्रबार २०:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech