लुदअ पुस १९, काठमाण्डौ
राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि थप बहसका लागि लिखित जवाफ पेस गर्न आइतबार ९आज० सम्मको समय दिएको थियो ।
जवाफमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र चुनाव घोषणा संविधानसम्मत रहको दाबी गर्नुभएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत पठाउनुभएको लिखित जवाफमा उहाँले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदन खारेज गरिदिनसमेत आग्रह गर्नुभएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरी चुनावमा जाने विषय नितान्त राजनीतिक विषय भएको बताउनुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन हुने विषय संसदीय शासन व्यवस्थाको अन्तर्निहित मूल्य भएको भन्दै उहाँले राजनीतिक परिवेशको मूल्याङ्कनका आधारमा प्रधानमन्त्रीले लिने निर्णय राजनीतिक रूपमा नै आमनागरिकको विषय भएको बताउनुभएको हो ।