कोरोना महामारीमा बन्द गरिएका विद्यालय सहित सबै क्षेत्र खुला

[sharethis-inline-buttons]

लुदअ १९ पुस, काठमाडौं
कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएका शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन गर्न पाइने भएको छ । विगत ९ महिनादेखि घरैमा बस्न बाध्य बालवालिकाहरू अब विद्यालय जान पाउने भएका छन् ।

आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति ९सीसीएमसी ० को बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको हो ।

हालका लागि विद्यालय र मनोरञ्जनका क्षेत्रहरु खोल्न दिने निर्णय भएता पनि कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

सीसीएमसी बैठकले निर्णय गरेता पनि विद्यालयहरु सञ्चालनमा आउन केही दिन लाग्न सक्छ । सीसीएमसीको निर्णय मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।
आवश्यक परे तत्कालै बन्द गर्न पाउने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई सबै क्षेत्रहरु खुल्ला गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

लामो समयदेखि विद्यालयहरु सञ्चालनमा नआउँदा लाखौं बालबालिकाहरु अहिलेसम्म विद्यालय जान पाइरहेका थिएनन् । आइतबारको सीसीएमसी बैठकले विद्यालय खोल्न दिने निर्णय गरेता पनि विद्यालयहरु सञ्चालनमा आउन केही दिन लाग्न सक्छ ।

आइतबार सीसीएमसीले गरेको निर्णय अब बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सीसीएमसीले जनाएको छ ।

सीसीएमसीको बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री कार्यालयका सचिव गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरु हाललाई खुला गर्ने निर्णय भएको बताए । यी क्षेत्रहरु खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको उनले बताए ।

तर, कोरोना संक्रमणको स्थितिको विश्लेषण गरेर रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिइएको गुरागाईले स्पष्ट पारे ।


प्रकाशित : २०७७ पुष १९, आईतवार १६:३९