ताजा जनादेशका लागि चुनावमा जानु नै सही निकास : सचेतक भट्टराई

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ पुस २३, काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधि सभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रूपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रूपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताउनुभयो ।

सरकारलाई काम गर्न नदिइएको, संसद् र सरकारलाई साधारण ढङ्गले चल्न नदिइएको कारण राजनीतिलाई अस्थिरतातिर जान र धमिल्लिएको राजनीतिलाई सङ्ग्ल्याउन चुनावमा जानु अनिवार्य आवश्यकता भएको उहाँको भनाइ छ ।


प्रकाशित : २०७७ पुष २३, बिहीबार १४:२३