Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

संसद् विघटन गरेर केपी ओलीले राजाको झल्को दिए : जनमोर्चा अध्यक्ष केसी

लुदअ दाङ पुस २३
प्रधानमन्त्री केपी शर्मा ओलीले राजाले गर्ने काम गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताएका छन्। दाङको लमहीमा लमही नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले संसद पुनर्स्थापना हुन सक्दैन भन्ने ओलीको भनाइप्रति दुख व्यक्त गरे।

ुप्रधानमन्त्री ओलीले न्यायलयलाई हातमा लिएजसरी संसद पुर्नस्थापना हुन सक्दैन भन्नु दुखद हो। हिजो राजाहरुले आफूअनुकूल नभए ड्याम्म संसद विघटन गर्थे, अहिले जनताको दुई तिहाइको मत पाएका जनताकै छोराले राजाकै शैलीमा संसद विघटन गराए र नाटक देखाए,’ उनले भने।

मुलुक उल्टो दिशामा हिँडेको भन्दै प्रधानमन्त्री ओलीले संसदको सामना नगरी प्रतिनिधिसभा विघटन गर्ने नमिल्ने पनि केसीले तर्क गरे। ुसंविधान बनाउँदा देशमा अस्थिरता नहोस्, सरकार लामो समय चलोस्, भनेर धेरै प्रक्रिया पार गरेर पनि सरकार बन्ने अवस्था नभएमा मात्रै निर्वाचनबाट ताजा जनादेशमा जाने कुरा उल्लेख भए पनि संविधान नै नपढी संसद विघटन गरिएको छ।ु उनले भने।

दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद विघटन भएको भन्दै पुनर्स्थापना हुनुपर्ने मागसमेत गरे।

‘मुलुकमा कोरोनाले अर्थतन्त्र तहसनहस भएका बेला गर्नै नहुने काम भएको छ, इतिहासमा विघटन भएको संसद पुनर्स्थापना पनि भएको छ, हुनुपर्छ,’ उनले थपे।

पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले देशमा स्थिरता कायम राख्न संविधान सुझबुझका साथ बनाएको भन्दै भारततर्फ लक्षित गर्दै अस्थिरता सिर्जना गर्न दक्षिणी मुलुकले पटक–पटक गरेको मेहनतस्वरुप संसद विघटन भएको तर्क गरे।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *