आठौँ वार्षिक साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]

रुपन्देही सम्बाददाता
२०७७ पौष २५ गते
रुपन्देहीको सैनामैना १०, सालझण्डीमा रहेको श्री युगल बचत तथा ऋण सहकारी संस्थाले यही २०७७ पौष १५ गते देखि सञ्चालन गरेको सधारण सभाको समापन कार्यक्रम यहि पौष २५ गते शनिबार एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । सुनिश्चित भविश्य युगल सहकारीको लक्ष्य भन्ने मुल नारालाई अवलम्बन गरि २०७० सालमा दर्ता भई सैनामैना १० र ११ नं. वार्डहरुलाई कार्यक्षेत्र बनाई यस क्षेत्रका सदस्यहरुलाई सेवा दिदै आएको यस संस्थामा हाल ९५० बढी शेयर सदस्हरुले प्रतक्ष्य रुपमा सेवा प्राप्त गरिरहेको सहकारी संस्थाले जनाएको छ ।

 

सैनामैना नगरपालिकाका उप प्रमुख बिना रानाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सैनामैना १० का वार्ड अध्यक्ष लोकनारायण थापा र सैनामैना ११ का वार्ड अध्यक्ष सुनिल मराशिनीको विशिष्ट आतिथ्य रहेको थियो । संस्थाका अध्यक्ष तथा युवा समाजसेवी गोविन्द पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरु, सहकारीका सल्लाहकारहरु, संस्थापक सदस्यहरु, पूर्व सञ्चालकहरु, लेखा समिति, कर्जा समिति, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र अगुवा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सहकारीका अध्यक्ष गोविन्द पोख्रेलले सहकारीको वार्षिक प्रगति प्रतिवेदन र भावि कार्यक्रमहरुको संक्षित्व विवरण पेश गर्नुभएको थियो । सहकारीलाई नीति, विधि र प्रविधि बाट सञ्चालन गरी एक घर एक सदस्यता को अभियान सञ्चालन गरी यस क्षेत्रमा सर्वसुलभ सहकारी सेवा सञ्चालन गर्न युगल सहकारीले नेतृत्वदायी भुमिका खेल्ने बताउनु भएको थियो ।

कोभिड–१९ को प्रभावका कारण वृहत रुपमा सदस्यहरु भेला गरी पर्वका रुपमा सम्पन्न गरिने साधारणसभा यस वर्ष बृहत रुपमा गर्न नसकिएकोमा सहकारी संस्थाले दुःख व्यक्त गरेको सहकारीका अध्यक्ष पोख्रेलले जोड दिनुभयो । सो कार्यमा लेखा समितिको प्रतिवेदन संस्थाका लेखा संयोजक यमलाल खरेल र आर्थिक प्रतिवेदन संस्थाका कोषध्यक्ष भिमकान्त पोख्रेलले पस्तुत गर्नुभएको संस्थाका सचिव पवन पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले सहकारी संस्थाहरु व्यवसायी बन्नुपर्ने कुरामा जोड दिनुभएको थियो । सो अवसरमा सल्लाहकार नारायण जोशी वार्ड नं.–१० का वार्ड अध्यक्ष लोकनारायण थापा वार्ड नं.–११ वार्ड अध्यक्ष सुनिल मरासिनीले सहाकारीले प्रदान गरेको सेवाको प्रशंसा गर्दै हार्दिक सुभकामना व्यक्त गर्नु भएको थियो । संस्थाका अपाध्यक्ष पार्वती कंडेलले स्वागत गर्नु भएको कार्यक्रम संस्थाका सचिव पवन पोख्रेलले सञ्चालक को भुमिका निर्बाह गर्नु भएको थियो ।


प्रकाशित : २०७७ पुष २५, शनिबार १२:२३