लुदअ दाङ, पौष २७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राप्ती प्रादेशिक अस्पताललाई सेवामुलक बनाउनु पर्नेमा जोड दिनुभएको छ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालको सिटी स्क्यान मेसिन र चिकित्सक आवासीय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले उपकरण र चिकित्सक हुँदाहुँदै पनि उपचारमा आएका बिरामीहरुले गुणस्तरीय सेवा पाउन नसकेको उहाँको भनाई थियो ।
दक्ष प्राविधिक नहुँदा अस्पतालले भएका उपकरणलाई प्रयोगमा ल्याउन नसक्दा समस्या रहेको उहाँले बताउनुभयो । तुलसीपुर उपमहागनरपालिका मेयार घनश्याम पाण्डेले राप्ती प्रादेशिक अस्पतालको विकाससंगै दाङ लगायत लुम्बिनी प्रदेशका केहि जिल्लाका जनताले सहज रुपमा सेवा पाएको बताउनुभयो । अस्पतालका मेसु डाक्टर विनोद सिंहले बेड अभाव भएकाले ६ सय वेडको बनाउने लक्ष्य रहेको बताउनुभयो ।