निर्वाचनका लागि तयारी गर्न सुरक्षा निकायहरुलाई गृहमन्त्रीको निर्देशन

[sharethis-inline-buttons]

लुदअ काठमाडौं, पुस २७
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रीत भैसकेकोले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको अर्थमन्त्री विष्णु पौडेल सहित उपस्थित बैठकमा गृहमन्त्री थापाले सो निर्देशन दिएका हुन् ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्यतिलाई ध्यान दिई निर्वाचन केन्द्रीत बजेज प्रस्ताव गरी गृहमन्त्रालयमार्फत अर्थमन्त्रालयमा पठाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन र व्यवस्थापन समबन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो । बैठकमा गृहसचिव, अर्थसचिव र तीनवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।


प्रकाशित : २०७७ पुष २७, सोमबार १४:३४