कोरोनाका कारण बन्द भएकामध्ये ५४ प्रतिशत उद्योग, कलकारखाना खुले

[sharethis-inline-buttons]

लुदअ पुस २८, काठमाण्डौ
कोरोना महामारीका कारण बन्द भएका उद्योग कलकारखानामध्ये ५४ प्रतिशत मात्रै पूर्णरूपमा खुलेका छन् ।

नेपाल राष्ट्र बैंकको सर्वेक्षणअनुसार उत्पादन र व्यावसायिक कारोबारमा सुधार हुँदै गएको देखिएको र अहिले ५४ प्रतिशत उद्योग कलकारखाना पूर्णरूपमा खुलिसकेका छन् ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण हुनुपूर्व गएको आर्थिक वर्षमा २८ दशमलव ७७ प्रतिशतमात्र रहेको उत्पादन र कारोबारको अवस्था अहिले ५० दशमलव ५१ प्रतिशतमा पुगेको छ ।

रोजगारीको अवस्था ७७ दशमलव ५० प्रतिशतबाट बढेर ८७ दशमलव ५१ प्रतिशतमा पुगेको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ ।

यस्तै राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको सर्वेक्षणअनुसार बजार माग घटेर कारोबारमा ह्रास आएका कारण सञ्चालन खर्च धान्न कठिनाइ भएको देखाएको छ ।


प्रकाशित : २०७७ पुष २८, मंगलवार १५:०२