घरेलु तथा साना उद्योग महासंघको बुटवलमा समिति गठन

बुटवल,
नेपाल घरेलु तथा साना उद्योग महासंघ बुटवल उपमहानगर नगर समिति गठन भएको छ ।

बुटवलमा जिल्ला अध्यक्ष कनौयालाल कसौधनको अध्यक्षता भएको भेलामा बोल्दै प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठकले संघको आवस्यता थप बृद्धि भएको बताए ।

जिल्ला महिला अध्यक्ष मन्जु भुषाल स्वागत ,सचिव टंक प्रसाद अधिकारी संचालन र धुव्र घितालको धन्यवादमा भएको कार्यक्रमा प्रदेश महिला अध्यक्ष शान्ति शर्मा लगायत बोल्दै आफ्ना हकहितको लागि एकताबद्ध हुनपर्नेमा जोड दिएका थिए ।

भेलाले विमलराज भटराईको अध्यक्षतामा बुटवल नगर समिति गठन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा टेक बहादुर पौड्यल,उपाध्यक्षमा निशान भुषाल,सचिव विक्रम के.सी.कोषाध्यक्षमा भुपेन पाण्डेय,यस्तै सदस्यहरुमा प्रदिप जि.सी सुनिता आचार्य,महेश शर्मा चयन भएका छन् ।

यस्तै बुटवल नगर महिला अध्यक्षमा रमा पराजुली,उपाध्यक्ष मिना प्रधान,सचिवमा मिना थापा तुलाधर कोषाध्यक्षमा दुर्गा पंगेनी यस्तै सदस्यहरुमा पुनम गूरुङ्ग, मन्जु कुँवर, निकिता शाक्या रहेको समिति गठन भएको छ ।

यस्तै सल्लाहकारमा कमला पराजुली पोखरेल(मन्जु)लाई चयन गरिएको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *