युवती जिस्क्याएको निहुँमा भएको विवादमा झडप हुँदा १५ घाइते

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ माघ २, सप्तरी
सप्तरीको रुपनी गाउँपालिका(३ हर्दिया कटेयामा झगडा हुँदा १५ जना घाइते भएका छन् ।
एक युवतीलाई जिस्क्याएको निहुँमा विवाद हुँदा भएको झडपमा १५ जना घाइते भएका हुन् ।

झडपमा युवती पक्षका ८ जना र जिस्क्याउने समूहका ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

घाइतेको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : २०७७ माघ २, शुक्रबार ०८:५५