प्रचण्ड–माधव पक्षीय कपिलवस्तु इन्चार्ज न्यौपाने ओली समुहमा प्रवेश

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, माघ ५
नेकपाका केन्द्रिय सदस्य एवम कपिलवस्तु इन्चार्ज गीरधारीलाल न्यौपानेले प्रचण्ड नेपाल समुह छाडेर ओली समुहमा प्रबेश गरेका छन् । साविक माओवादी केन्द्रको तर्फवाट नेकपाको केन्द्रिय नेतृत्वमा रहेका न्यौपाने पछिल्ला दिनहरुमा पार्टी २ समुहमा अनौपचारीक विभाजन भएको अवस्थामा प्रचण्ड नेपाल समुहमा कृयासिल रहेर संगठन निर्माणमा लागी परेका थिए ।

न्यौपानेले प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपि ओलीसंग भेट गरेर आफ्नो समुह परिवर्तन गरेका हुन् । हो । काठमाडौमा रहनु भएका न्यौपानेले देशको आवश्यक्ता र जनताको भावना केपि ओलीको नेतृत्व अझै सुदृढ हुनुपर्ने देखिएकाले आफू ओलीकै पक्षमा लागेको जानकारी दिए । उनी नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल बलदेवको दाहिने हात जस्तै अभिन्न सहयात्री रहेका थिए ।

यता नेकपाका केन्द्रिय सदस्य एवम कपिलवस्तु अध्यक्ष झविलाल पोखरेलले गीरधारीलाल न्यौपाने पार्टीको मूलघरमा फर्केकोमा स्वागत गरेको वताए । उनले अव नेकपाका जिल्ला इन्चार्ज न्यौपाने सह इन्चार्ज विमला घिमिरे सहित मूलरुपमा कपिलवस्तुको सिंगो नेतृत्वपंक्ति र कार्यकर्ताको ठूलो तप्का ओलीका पक्षमा देखा परेको वताए ।


प्रकाशित : २०७७ माघ ५, सोमबार ०१:११