क्याम्पसको स्ववियु चुनाव जितेर देखाउन ओली समुहलाई सभापति खत्रीको चेतावनी

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, पुस ६
सिद्धार्थ क्याम्पसका स्ववियू सभापति सुसिल खत्रीले प्रधानमन्त्री केपी शर्मा ओली कायर प्रधानमन्त्री भएको जिकीर गरेका छनु । नेकपा कपिलवस्तु प्रचण्ड–माधव पक्षद्धारा आयोजित विस्तारित बैठक तथा अगुवा कार्यर्ता भेलालाई सम्बोधन गर्दै स्ववियू सभापति सुसिल खत्रीले ओलीको संसद विघटनको कदम असंवैधानिक तथा अलोकतान्त्रिक भएको बताए । खत्रीले ओलीको कदम विरुद्ध कपिलवस्तुवासी एकजुट रहेको बताएका छन् ।

जिल्लामा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताको बहुमत रहेको समेत खत्रीले दाबी गरेका छन् । ओलीले देशमा निरङकुशता निम्ताउने खेल गरेको र त्यो खेललाई कदाबी सफल हुन नदिने उनको भनाई छ । खत्रीले विभिन्न कालखण्डमा पञ्चायती र राणाहरुलाई ढालेको र अब ओलीलाई पनि ढाल्न आम नेपाली जनता एकजुट हुनु पर्ने बताए ।

सिद्धार्थ क्याम्पसका स्ववियु सभापति समेत रहेका खत्रीले नेकपाका जिल्ला अध्यक्ष तथा नेकपाकी नेतृ विमला घिमिरे लगायतलाई सिद्धार्थ क्याम्पसमा आफ्ना नजिककालाई चुनाव लडेर जितेर देखाउन समेत चुनौति दिए । “हामी चुनावबाट भागेको होईन्, हामी चुनाव देखि डराउदैनौ, यदि चुनाव नै चाहने हो भने सिद्धार्थ क्याम्पसमा स्ववियू चुनाव हुने समयमा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेल, विमला घिमिरेले आफ्ना कोही आफ्न्तलाई उम्मेद्वार बनाएर चुनाव जित्न म चुनौति दिन चाहन्छु” खत्रीले भने ।


प्रकाशित : २०७७ माघ ६, मंगलवार १४:१४