सुनसरीमा माइक्रोबस र मोटरसाइकल ठोक्किए : ३ जनाको मृत्यु, ८ जना घाइते

[sharethis-inline-buttons]

लुदअ माघ ६, सुनसरी
सुनसरीको दुहवी नगरपालिका–१० सिमरियामा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । दुर्घटना अन्य आठ जना घाइते भएका छन् ।
सप्तरीको राजविराज नगरपालिका १ का शङ्करकुमार यादव, सुनसरीको इनरुवा नगरपालिका ३ का बिर्ख मण्डल र नाम थर खुल्न नसकेका अर्का एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रदेश १–०२–११० ज ३८६८ नम्वरको माइक्रोबस र को ३४ प ४६९४ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।


प्रकाशित : २०७७ माघ ६, मंगलवार १४:२८