खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते १ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

लुदअ माघ ७, दाङ
खाना पकाउने ग्यास सिलिण्डर लिक भैइ आगलागी हुँदा गम्भीर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका–१७ वनकट्टाका ४० वर्षका वसन्त वलीको ज्यान गएको छ ।

उपचारका क्रममा गएराति वलिको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । माघ १ गते सिलिण्डर ग्यास लिक भएर आगलागी हुँदा वली र उहाँकी श्रीमती ३५ वर्षीया गीता वली गम्भीर घाइते हुनु भएको थियो।

दुवै जनाको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचार भइरहेको थियो । तर उपचारको क्रममा वसन्तको मंगलबार राती ज्यान गएको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ । गीताको भने त्यही अस्पतालमा उपचार भइरहेको छ ।

कुखुराका बच्चा निकाल्न तापक्रम दिनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएर आगलागी भएको थियो ।


प्रकाशित : २०७७ माघ ७, बुधबार ०५:२२