नेकपा विप्लव समुहद्धारा बन्दको घोषणा, कपिलवस्तुमा मसाल जुलुस

ByLumbini Darpan Online

९ माघ २०७७, शुक्रबार १७:२२ ९ माघ २०७७, शुक्रबार १७:२२ ९ माघ २०७७, शुक्रबार १७:२२

नेकपा विप्लव समुहले कपिलवस्तुमा बन्दको तयारी गरेको बताएको छ ।
नेकपा विप्लव समुहका कार्यक्रर्ताहरुले मसाल जुलुसको तयारी गरिरहेको बेला प्रहरीले अवरोध गर्ने प्रयास गरेपनि जिल्लाका विभिन्न स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरेको समाचार प्राप्त भएको छ । जिल्लाको पश्चिम क्षेत्रको राजमार्गमा गरिएको मसाल जुलुसमा सयौंको गरेको नेकपा कपिलवस्तु स्रोतले बताएको छ ।

ब्युरो अन्तर्गतका जिल्लाहरु रुपन्देही, नवलपुर, पाल्पा, अर्घाखाँची, नवलपरासी, गुल्मीमा नेकपाले मसाल जुलुस सम्पन्न गरेको नेकपा स्रोतले बताएको छ । रुपन्देहीको बुटवल, सैनामैना, कोटीहवा लगायत विभिन्न स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरेको बताइएको छ । नवलपरासीको राजमार्गको मुख्य-मुख्य चोकहरुमा मसाल जुलुस गरेको बताइएको छ । त्यसैगरी नवलपुरको मध्यविन्दु, गैडाकोटको दुई स्थान र बौदिकाली बुलिङटारमा गरी तीन स्थानमा मसाल जुलुस सम्पन्न भएको नेकपा नवलपुर स्रोतले बताएको छ ।

नवलपुरमा अखिल (क्रान्तिकारी)ले समेत मसाल जुलुस प्रदर्शन गरेको बताइएको छ । त्यसैगरी पाल्पाको तानसेन नगरपालिकाको दुईस्थानमा मसाल जुलुस प्रदर्शन गरेको नेकपा पाल्पा स्रोतले बताएको छ । मसाल जुलुसमा सयौंको संख्यामा जनजनसहभागिता रहेको बताइएको छ । अर्घाखाँची र गुल्मीको विभिन्न स्थानहरुमा नेकपाले मसाल जुलुस प्रदर्शन गरेको स्रोतले बताएको छ । प्राप्त समाचार अनुसार अर्घाखाँचीको विभिन्न स्थानहरुमा भएको मसाल जुलुसमा व्यापक जनसहभागिता रहेको बताइएको छ । नेकपाले केन्द्रीय कार्यालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत नेता कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको विरोधमा माघ १० गते शनिबार नेपाल बन्दको आब्हान गरेको छ ।

नेपाल मुक्ति मञ्च कपिलवस्तुका जिल्ला अध्यक्ष रहेका मिश्रा गत स्थानीय निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयरको उम्मेद्वार भएका थिए ।

कलाकारितासँगै सामाजिक, राजनीतिक र व्यवसायलाई समेत सँगसँगै लिएर अगाडि बढ्ने सोच बनाएका मिश्रा सम्मानले आफुलाई थप उर्जा मिल्नेको बताएका थिए । उनले दर्जनबढी चलचित्र तथा गित संगितमा अभिनय समेत गरिसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *