Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

नक्सा पासपछि ओलीको लोकप्रियता देखेर प्रचण्ड–माधव षडयन्त्रमा उत्रिए : मुख्यमन्त्री पोख्रेल

लुदअ पाल्पा, माघ १२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कालापानी र लिपुलेक समेटेको देशको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित गराएपछि पार्टीभित्र समस्या उत्पन्न भएको दाबी गरेका छन्। पाल्पाको तानसेन नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ्

राष्ट्रवादी कार्यले प्रधानमन्त्री ओली लोकप्रिय हुने डरले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड षड्यन्त्रमा उत्रिएको आरोप लगाए। ’प्रचण्ड र माधव नेपालले पार्टी र राज्य सत्ता कब्जा गर्ने षड्यन्त्र गर्नुभएको थियो। तर, तर उक्त षड्यन्त्रको भ¥याङलाई प्रधानमन्त्री ओलीले भत्काइदिएपछि अहिले उनीहरुको दाँतबाट पसिना निलिरहेका छन्’ उनले भने।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई घेराबन्दीमा पारिएको कुरा नेपाली जनताले थाहा पाउने दाबी गरे। ’ओली नेतृत्वको सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिएको कुरा जनताले अब थाहा पाउँछन्’ उनले भने, ’बाम एकता फुटेपछि अब परिवर्तनको बाढी आउँछ।’

ओली नेतृत्वको सरकारले गरेका काम जनताका बीचमा जान थालेकाले अब जनताले ओलीलाई घेराबन्दीमा पारिएको सत्य कुरा थाहा पाउने उनले जिकिर गरे

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *