लुम्बिनी प्रदेशका लागी कोरोना विरुद्धको ३९ हजार ४ सय ९५ डोज खोप ल्याइँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ बुटवल, १२ माघ
लुम्बिनी प्रदेशको लागि कोभिड(१९ विरुद्धको ३९ हजार ४ सय ९५ डोज खोप ल्याइँदै छ। भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो। त्यस मध्येबाट साढे ३९ हजार डोज लुम्बिनी प्रदेशको लागि छुट्याइएको हो। खोप कार्यान्वयनको सम्बन्धमा आइतबार संघिय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत नियकायहरुका बिचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो।

छलफलमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहित मन्त्रालयका सचिव, विभागका महानिर्देशक प्रदेश सरकारका सामाजिक विकासमन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालयका अधिकारीहरु सहभागी थिए ।

छलफलका क्रममा काठमाण्डौबाट लुम्बिनी प्रदेशको लागि आवश्यक खोप पठाइसकिएको जानकारी गराइएको थियो ।


प्रकाशित : २०७७ माघ १२, सोमबार ०१:२२