नेकपा विभाजन रोकियो : निर्वाचन आयोगले मान्यता दिएन

लुदअ माघ १२, काठमाण्डौ
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहको माग दाबीलाई अस्वीकार गरेको छ । आइतबार कार्यालयमा बसेको निर्वाचन आयोगको बैठकले नेकपाको दुवै समूहको माग दाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको हो ।

आयोगले नेकपाको प्रचण्ड(नेपाल र केपी ओली समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको हो । नेकपाका दुवै पक्षबाट दल विभाजको विवरण नभइ ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए ।

नेकपाको दुवै पक्षबीच दलको नाम, विधान, झण्डा वा चिह्न, दलको पदाधिकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद छ। तर आयोगले अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० नेकपाको नेतृत्वमा कायम रहेको जनाएको छ ।

यो निर्णयसँगै नेकपा विभाजन पनि रोकिएको छ ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपामा प्रचण्ड९नेपाल र ओली गरि दुई समूह बनेको छ । यसअघि निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *