कोभिशिल्ड लगाएकाहरू भन्छन् : डराउनु पर्दैन, हामीमा कुनै समस्या देखिएको छैन

[sharethis-inline-buttons]

लुदअ पोखरा, माघ १६
कोरोना महामारीविरुद्ध नेपालमा पनि खोप अभियान सुरु भइसकेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि खोप अभियान सुरु भएको छ । प्रारम्भिक चरणमा ‘फ्रन्टलाइनर’ हरुलाई खोपको प्राथमिकतामा राखिएको छ ।
सामान्यतया लामो अनुसन्धानपछि मात्र कुनै पनि खोप प्रयोगमा ल्याउने गरिन्छ । तर कोरोनाविरुद्धको खोप भने छोटो समयमै प्रयोगमा ल्याइएको छ । त्यसैले खोप लगाउने सूचीमा सूचीकृत भएका ‘फ्रन्टलाइनर’हरुमा समेत यसबारे डरत्रास कायमै छ । कतिपयले खोप लिन नमानेको समेत अवस्था छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा उद्घाटन गरेसँगै सातै प्रदेशमा फ्रन्टलाइनरहरुलाई खोप लगाउन थालिएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा खोप अभियान सुरु भएको छ । बुधबार पहिलो दिनमा गण्डकी प्रदेशका ११ जिल्लाका खोप केन्द्रहरुमा १ हजार ८ सय ४३ जनाले खोप लगाएका छन् । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनका उपकुलपति डा।बुद्धिबहादुर थापाले पहिलो खोप लगाएपछि प्रदेशका विभिन्न खोप केन्द्रहरुमा खोप लगाइएको थियो ।

यसैबीच कोरोनाविरुद्धको खोप लगाएकाहरुले कुनै असर साइड इफेक्ट नदेखिएको बताएका छन् । बुधबार खोप लगाएकाहरुले कुनै प्रकारको नकारात्मक असर नदेखिएको बताएका हुन् ।


प्रकाशित : २०७७ माघ १६, शुक्रबार ०१:४९